0
Shares
लालु चौधरी, कपिलवस्तु ३ असार
सुरुङ्गा खबर । कपिलवस्तुको विजयनगर गाउँपालिका–५ स्थित सीमा क्षेत्र नाकाबाट नेपालदेखि भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ११ वटा बाख्रा र २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
ठकुरापुर प्रहरी चौकीको कमान्डमा खटिएको प्रहरी टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा शंकास्पद अवस्थामा बाख्रा ओसारपसार भइरहेको सूचना पाएपछि कारबाही गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएका बाख्रा दुई वटा मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो। बरामद गरिएका बाख्रा तथा मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र सीमा क्षेत्रमा हुने अवैध पशु चौपाया ओसारपसार नियन्त्रणका लागि निगरानीलाई थप कडाइ गरिएको प्रहरीको भनाइ छ।
