खडक नगरपालिका वडा नं. ११ लाई बाल श्रम मुक्त वडा घोषणा

0 Shares

सुरुङ्गा सम्बाददाता, कल्याणपुर १३ जेठ

सुरुङ्गा खबर। सप्तरीको खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा” घोषणा गरिएको छ। वडा बाल मैत्री समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, बाल अधिकारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सभाध्यक्ष वडा नं. ११ का वडा अध्यक्ष राम कृष्ण चौधरी रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रमाकान्त चौधरीको उपस्थिति रहेको थियो। त्यस्तै विशिष्ट अतिथिका रूपमा बाल कल्याण अधिकारी अनिता कुमारी शाह सहभागी हुनुभएको थियो। कार्यक्रमको उद्घोषण नगर बाल क्लब सञ्जालका अध्यक्ष शिव शंकर मण्डलले गर्नुभएको थियो।

कार्यक्रममा सबल नेपालका अशोक कुमार साह, नगर युवा सञ्जालका रकिराज प्रभात चौधरी, वडा युवा सञ्जालका राधेश्याम साह, वडा सचिव राजिव कुमार कर्ण लगायत वडा सदस्य, महिला स्वयमसेविका, बाल क्लब सञ्जाल, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघ–संस्था तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बाल श्रम अन्त्यका लागि समुदाय, अभिभावक, विद्यालय तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। बालबालिकाको शिक्षा, सुरक्षा तथा अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सबल नेपाल र Save the Children को सहयोग तथा सहकार्य रहेको थियो भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, खडक नगरपालिकाले समन्वय गरेको जनाएको छ।

बाल श्रममुक्त वडा घोषणा पश्चात अब वडा नं. ११ मा बालबालिकालाई श्रममा लगाउने गतिविधि न्यूनीकरण गर्दै शिक्षा र संरक्षणमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गरिएको छ

सम्बन्धित समाचार

सबै