राष्ट्रिय मुक्ति पार्टीद्वारा पर्सामा उम्मेदवार सिफारिस

0 Shares

बिष्णु राम, बिरगञ्ज, पुस ९
सुरुङ्गा खबर। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।
पुस ९ गते बुधबार सम्पन्न पार्टीको क्षेत्रीय बैठकले चारवटै क्षेत्रका लागि एक–एक जना गरी कुल चार जनाको नाम सिफारिस गरेको हो।
सिफारिस अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य अनिरुद्ध प्रसाद कलवार, क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य ईशलाम हवारी, क्षेत्र नम्बर ३ बाट केन्द्रीय सहमहासचिव नेजामुदिन समानी तथा क्षेत्र नम्बर ४ बाट जिल्ला अध्यक्ष राजेश कुमार साहको नाम सिफारिस गरिएको छ।
राष्ट्रिय मुक्ति पार्टी पर्साका जिल्ला अध्यक्ष राजेश कुमार साहले उक्त जानकारी दिएका हुन्।

सम्बन्धित समाचार

सबै