सुरुङ्गाका रन्जित रामले MBBS अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त

0 Shares

जीवन कुमार राम,कडरबोना
सप्तरी जिल्ला, सुरुङ्गा नगरपालिका–४ कनकपुरका श्री घुरन रामका कान्छा छोरा रन्जित रामले चिकित्सा शिक्षा (MBBS) अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। सामान्य परिवारमा जन्मिएका रन्जितले आफ्नो कठिन परिश्रम, लगनशीलता र दृढ इच्छाशक्तिका माध्यमबाट यो उल्लेखनीय सफलता हासिल गरेका हुन्।

विद्यालय जीवनदेखि नै मेधावी विद्यार्थीका रूपमा परिचित रन्जितले निरन्तर अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। सीमित साधन र स्रोतबीच पनि उनले अध्ययनमा देखाएको समर्पणले उनलाई यो उपलब्धिसम्म पुर्‍याएको हो। उनको यो सफलता केवल व्यक्तिगत गौरवको विषय मात्र नभई सम्पूर्ण सुरुङ्गा क्षेत्र, विद्यालय समुदाय र परिवारका लागि पनि प्रेरणादायी उपलब्धि बनेको छ।

स्थानीय शिक्षक, अभिभावक र समाजसेवीहरूले रन्जितको उपलब्धिलाई समुदायकै गौरवको विषयका रूपमा लिएका छन्। उनीहरूले रन्जितले देखाएको लगन र मेहनतले स्थानीय युवा पुस्तालाई पनि अध्ययन र लक्ष्यप्रति समर्पित हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

रन्जित रामलाई यस ऐतिहासिक सफलताका लागि हार्दिक बधाई दिइएको छ। साथै, आगामी दिनमा चिकित्सा क्षेत्रमार्फत देश र समाजको सेवामा महत्वपूर्ण योगदान पुर्‍याउन सकून् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ

सम्बन्धित समाचार

सबै