सुरुङ्गा सम्बाददाता
सर्लाही, बहुजन एकता पार्टी नेपालको केन्द्रिय सचिवालय बैठक पार्टीका अध्यक्ष हरिनन्दन कुमार रंजनको नेतृत्वमा सम्पन्न भएको छ। बैठकमा देशको वर्तमान राजनीतिक परिस्थितिको विस्तृत समीक्षा गर्दै पार्टीले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने निर्णय गरेको हो।
बैठकले संगठन सुदृढीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अबको एक महिनाभित्र देशभरका १ लाख घरपरिवारमा पार्टीको विचार पुर्याउने अभियानलाई तीव्र गतिमा अघि बढाइने बताइएको छ। यो अभियानको जिम्मेवारी संगठन विभागका राष्ट्रिय प्रभारी राजाराम पासवानले सम्हाल्नेछन्।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष सत्यनारायण राम, महासचिवद्वय बृहद्रत कुश्वाहा र सुरज महरा, सचिवद्वय यसोदा तिमिल्सिना र जितेन्द्र राम, साथै केन्द्रिय सदस्यहरू राम विश्वास पंडित, सुजित महरा, फुल कुमारी सदा, रिता पासवान, सर्वस दास, राजेश राय, बुधनी राम, सलिम अन्सारी, राम अयोध्या महरा, स्वागत विश्वकर्मा, जय प्रसाद राम लगायतका नेताहरूको उपस्थिती रहेको थियो।
बैठकले पार्टीको आगामी रणनीति, संगठनात्मक बलबृद्धि, र जनसंपर्क सशक्तीकरणमा जोड दिँदै, बहुजन समुदायका हक र अधिकारको सुनिश्चितताका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकले निष्कर्ष निकालेको छ – “बहुजन एकता पार्टी अब विचार र संगठन दुबै हिसाबले जनस्तरमा बलियो रूपमा प्रस्तुत हुनेछ।”