सुरुङ्गा सम्बाददाता, १३ कार्तिक
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं १, बैराठपुर टोलमा बिहीबार आयोजित विशेष भेलाले चमार समाज युवा संगठनको नयाँ समिति गठन गरेको छ।
समितिको अध्यक्षमा राजमंगल राम, उपाध्यक्षमा रामपुकार राम, सचिवमा प्रबिन्द राम, र कोषाध्यक्षमा सिकिला राम चयन भएका छन्।
सदस्यहरूमा मुकेश राम, इन्द्रजित राम, राजु राम, रामकुमार राम, सिबमंगल राम, राम्बिने राम, सोबिता देवी राम, सकली देवी, रम्बिनय राम, सिबमल राम, रजु राम, दीपक राम, निरन्जन राम, सगरी राम, सत्यप्रकाश राम, अभिनाश राम, र सिबजित राम रहेका छन्।
त्यसैगरी, सलाहकारका रूपमा जयमंगल राम, ओपेन्द्र राम, रामभरत राम, नन्दलाल राम र बिरेन्द्र राम चयन भएका छन्।
समाजसेवी ओपेन्द्र रामको अध्यक्षतामा सम्पन्न उक्त भेलाले २८ सदस्यीय समिति गठन गरेको हो, जसअन्तर्गत १८ सदस्यीय मूल कार्यसमिति चयन गरिएको छ।
नवनियुक्त अध्यक्ष राजमंगल रामले जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै भने,
“अब हामी युवाहरू केवल हेर्ने होइन, समाज परिवर्तनको नेतृत्व गर्ने छौं। शिक्षा, रोजगारी र सामाजिक समानताको क्षेत्रमा यो समिति सक्रिय रूपमा काम गर्नेछ। हाम्रो लक्ष्य बैराठपुरलाई जागरूक र आत्मनिर्भर टोलको रूपमा विकास गर्नु हो।”
नन्दलाल राम (केन्द्रीय सदस्य, चमार कल्याण समाज नेपाल) ले समितिको गठनलाई ऐतिहासिक कदम बताउँदै भने,
“युवाहरूको संगठित शक्ति नै समाज सुधारको आधार हो। शिक्षा, रोजगार र एकता कायम गर्न सक्यौं भने हाम्रो समाजले अब पछाडि फर्कनुपर्ने छैन।”
त्यसैगरी, जयमंगल महरा (अध्यक्ष, राम दलित युवा क्लब) ले भने,
“हामीले संगठनलाई संस्थागत गर्दै हरेक टोलमा सकारात्मक परिवर्तन ल्याउने अभियान अघि बढाउनुपर्छ। यस्तो कार्यक्रमले युवामा जिम्मेवारी र आत्मविश्वास दुवै बढाउँछ।”
सिनोध साह तेली र शिवमंगल महरा ले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि नन्दलाल राम (केन्द्रीय सदस्य, चमार कल्याण समाज नेपाल), जयमंगल महरा, सिनोध साह तेली, शिवमंगल महरा लगायत टोलका बुद्धिजीवी, समाजसेवी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको अन्त्यमा समाजसेवी ओपेन्द्र रामले सबै सहभागी र अतिथिप्रति धन्यवाद ज्ञापन गर्दै भने,
“युवालाई सशक्त बनाउने अभियानमा हामी निरन्तर साथ रहनेछौं।”