जनकपुरमा चमार समुदायको कार्यगत एकता र साझा सवालमा साझा दृष्टिकोण विषयक बृहत अन्तरक्रिया सम्पन्न

0 Shares

सुरुङ्गा सम्बाददाता, जनकपुरधाम कार्तिक ८
मधेश प्रदेशको जनकपुर स्थित गोपाल धर्मशालामा “स्वाजातिय एकता, समग्र शिक्षा, छुवाछुत तथा विभेद, सरकार र संयन्त्रमा अर्थपुर्ण पहुँच र दलित सवालमा साझा दृष्टिकोण विषयक” दुइ दिने बृह्यद अन्तरक्रृया कार्यक्रम सम्पन भएको छ ।
देशभरीका चमार समुदायलाई एकीकृत गर्दै सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक सशक्तिकरण गरी सरकारको संयत्रमा अर्थ पुर्ण सहभागित सहित निर्णायकतहमा उल्लेखनिय पहुँकालागी जनकपुरस्थित गोपाल धर्मशालामा दुईदिने बृहत अन्तरक्रिया कार्यक्रम कार्तिक ७ र ८ गते सम्पन्न भएको छ।
नेपाल राम समाज मधेश प्रदेश कार्यसमितका अध्यक्ष राम शिरिष रामको अध्यक्षाता एवम् वहुजन एकता पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन रंजनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको छ । जिल्ला समन्वय समिति महोत्तरी उपसभापती रहनु भएका नन्दु महरा र नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल थिए ।
दुइ दिने बृहद अन्तरक्रृया कार्याक्रममा नेपाल राम समाज, चमार उत्थान समाज, चमार समाज नेपाल, रविदास समाज, नेपाल रविदास उत्थान समाज, महरा कल्याण संस्था राष्ट्रिय चमार समाज अध्यक्ष लगायतका प्रतिनिधीहरु लगायत अगुवा तथा अभियन्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन भएको नेपाल राम समाजका केन्द्रीय महासचिव राधेश्याम रामले जानकारी गराउनु भएको छ ।
महासचिव राधेश्यामका अनुसार अगुवा तथा अधिकारकर्मी विनोद महरा, प्रकास महरा, जिवेन्द्र राम, वैर्जु राम, प्रधानाध्याक एवम् शिक्षाविद मदन महरालगायतका अभियनताहरुले सवै स्वजातिय संस्थाका अध्यक्ष तथा जिम्मेवार प्रतिनिधीहरुलाइ सामाजिक संजाल मार्फत हाम्रो समुदाय प्रती गलत सन्देश प्रकाशन नगर्न र कार्यगत एकता गरी साझा सवालमा साझेदारीका साथ कार्य गर्न सुझाव दिनुभएको वताउनु भयो ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी वहुजन एकता पार्टिका राष्ट्रिय अध्यक्ष हरिन्दन रंजनले आयोजकलाइ धन्यवाद दिई अगामिदिनमा यो कार्यक्रमले देशभर छुट्टाछुट्टै संगठनमा सक्रिय चमार समुदायलाई एउटै राष्ट्रिय छातामुनि ल्याउने प्रक्रियालाई ऐतिहासिक सुरुवातका रूपमा लिएको बताउनुहुदै “चमार समुदायको स्वाभिमान, एकता र नयाँ जागरणको यात्रा” का रूपमा अर्थ्याएका छन्।
नेपाल राम समाज मधेश प्रदेश अध्यक्ष रामशिरिष महराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन रहेका थिए र विशिष्ट अतिथिहरुमा जिल्ला समन्वय समिति महोत्तरीका उपसभापती समेत रहनु भएका नन्दु राम, नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथम लाल राम, BAMCEF का प्रचारक समेत रहनुभएका रविदास उत्थान समाजका अध्यक्ष रामेश्वर महरा, नेपाल राम समाजका केन्द्रीय महासचिव राधेश्याम राम, महरा समाज कल्याण संस्थाका सल्लाहकार बहादुर महरा, चमार कल्याण समाज नेपालका केन्द्रीय अध्यक्ष दिनेश चमार, महोत्तरीका संगठन विभाग प्रमुख रुन्दी राम, सिरहा चमार कल्याणका सुजित महरा, रविदास समाज सेवाका अध्यक्ष प्रकाश महरा र रविदासीया समाज सर्लाहीका जितेन्द्र रामको अभियन्ता तथा मार्गदर्शक अगुवाहरु मदन महरा, प्रकास महरा, विनोद महरा, रुन्दीराम, जामुन राम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सवै स्वजातिय संस्थाका अध्यक्ष तथा अन्य जिम्मेवार प्रतिनिधी लगायतका सैयौ अगुवाहरु सहभागी थिए।
दुइ दिने कार्यक्रम वाट कार्यगत एकता गर्ने निर्णय गरी ११ सदस्यीय मस्यौदा समित गठन गरेका छन । यस उपरान्त आ आफ्नो जिल्लामा गई सम्बन्धित पदाधिकारीहरु संग छलफल गरी निर्णय गर्न र कार्यगत एकता गरी अगामी दिनमा समग्र रुपमा चमार समुदायलाई उत्थानकलागी कार्यगर्ने समेत साझा सहमती भएको हो ।
एकता वाट मात्र हामी चमार समुदायको मुक्ती सम्भव छ ।
कार्यक्रममा सहजिकरण गर्दै नेपाल राम समाजका केन्द्रीय महासचिवका अनुसार हाम्रो अग्रजहरुले सिनो वहिष्कार काण्ड एकता वाट सफल गराउन सकेको बताउनुहुदै चमार समुदायको मुक्तीकालागी अगामी दिनमा हामी चमार समुदायका युवाहरुले कार्यगत एकता गरी प्रत्येक जिल्लाको वडा स्तर सम्म संगठन विस्तार गरी मुख्य रुपमा राजनीतिकमा नेतृत्व र सरकारको निर्णायक संयन्त्र पुर्याउनै पर्ने हाम्रो दायित्व रहेको छ ।
हामि बतावरण सृजना गरेका छौ आउ मिलौ र मिलेर चमार समुदायलाई उत्थान गरौ ।
नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथम लाल रामका अनुसार हाम्रो चमार समुदाय साझा सवालमा अलग अलग धारमा गई कार्यगरिरहेको देख्दा दुख लागेको बताउनुहुदै हामिले यो कार्यक्रम आयोजना गरी राष्टिय एकताकालागी बतावरण सृजना गरेका छौ । आउँ मिलौ अनि हाम्रो समाजलाई उत्थान गरौ ।
अधिकार र प्रतिनिधित्वमा एकीकृत आवाज उठाउने प्रतिबद्धता
वक्ताहरूले संघीयदेखि स्थानीय तहसम्म चमार समुदायको हक–अधिकार, शिक्षा, रोजगारी, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दा सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने माग राखे।
दिनेश चमारले भने, “हाम्रो जनसंख्या ठूलो भए पनि राज्यमा पहुँच कमजोर छ। अब एकताबद्ध भएर संघर्ष गर्नुपर्छ, बलिदान दिन पनि हामी तयार छौँ।”
राष्ट्रिय एकता अभियानतर्फ अगाडि बढ्ने सहमति
कार्यक्रमले देशभर छुट्टाछुट्टै संगठनमा सक्रिय चमार समुदायलाई एउटै राष्ट्रिय छातामुनि ल्याउने प्रक्रियालाई ऐतिहासिक सुरुआतका रूपमा लिएको छ।
कार्यगत समन्वयका लागि ‘लुज फोरम’ गठन गरिएको र निकट भविष्यमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको चमार कल्याण समाजका केन्द्रीय सदस्य राकेश चमारले जानकारी दिए ।
“स्वाभिमान र नयाँ जागरणको सुरुआत”
सहभागीहरूले यस पहललाई “चमार समुदायको स्वाभिमान, एकता र नयाँ जागरणको यात्रा” का रूपमा अर्थ्याएका छन्।

 

सम्बन्धित समाचार

सबै