यात्रुबाहक बसमा आगलागी, एक घण्टापछि नियन्त्रण

0 Shares

सुरुङ्गा खबर, सप्तरी – चपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४ को पश्चिम लच्का नजिक आज बिहान एक यात्रु बोकेर आउँदै गरेको बसमा आगलागी भएको छ।

बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको उक्त बस काठमाडौँबाट तिहारका यात्रु लिएर चन्द्रपुरतर्फ आउँदै गर्दा बिहान करिब ७:१५ बजे बसको ब्याट्रीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

आगलागीको सूचना प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो।

स्थानीयवासी, प्रहरी तथा बारुण यन्त्रको सहयोगमा करिब एक घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको डीएसपी कार्कीले बताए।

उक्त घटनामा बसमा सवार सबै यात्रु सकुशल रहेका छन् भने आगलागीको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै