0
Shares
धर्मेन्द्र कुमार कुर्मी
सुरुङ्गा खबर। कपिलवस्तुको बिजयनगर गाउँपालिका-५ नैरङियामा आगलागी हुँदा चार घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा परी एउटा पशुचौपाया जलेर मरेका छन् भने तीनवटा पशुचौपाया घाइते भएका छन् ।

प्राप्त जानकारीअनुसार, गएराति करिब ११ बजे लागेको आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीको खबर पाएपछि कृष्णनगरबाट दमकल घटनास्थलमा पुगेको थियो । दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ । लामखुट्टे भगाउन धुवाको लागि बालेको आगो सल्किएको प्रारम्भिक कारण रहेको बुझिएको छ ।
आगलागीबाट घरगोठ तथा पशुचौपायामा क्षति पुगे पनि आगलागीको कारण र क्षतिको विस्तृत विवरणबारे थप जानकारी आउन बाँकी रहेको छ ।