अन्तर्राष्ट्रिय बालिका दिवसमा खडकमा वक्तृत्वकला र खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न 

0 Shares

सुरुङ्गा सम्बाददाता,असोज २५ कडरबोना

“म बालिका हुँ र मैले परिवर्तनको नेतृत्व गर्छु” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा खडक नगरपालिका–११ कल्याणपुरमा नगरस्तरीय वक्तृत्वकला तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको आयोजना नगर बाल क्लब सञ्जाल, खडक नगरपालिकाले गरेको थियो। कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, खडक नगरपालिकाको सहकार्य र सबल नेपाल तथा सेभ द चिल्ड्रेनको सहयोग रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी बालकल्याण अधिकारी अनिता कुमारी साह रहनुभएको थियो। विशेष अतिथि रूपमा सबल नेपालका प्रतिनिधि अशोक कुमार साह उपस्थित रहनुभयो। कार्यक्रमको अध्यक्षता नगर बाल क्लब सञ्जालका अध्यक्ष शिवशंकर मण्डलले गर्नुभएको थियो।

बालबालिकाबीच वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रममा विजेता प्रतिभाहरूलाई खेलकुद सामग्री र प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन सजदा खातुनले गर्नुभएको थियो।

सम्बन्धित समाचार

सबै