सुरुङ्गा सम्बाददाता,असोज २५
सप्तरीको सुरुङ्गा न.पा.४ कनकपुरमा द फ्रिडम फण्डको सहयोगमा जन चेतना दलित संगम द्धारा संचालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत जिल्ला हरवा चरवा अधिकार मंचको त्रैमासिक बैठक सम्पन्न भएको छ । स्थानिय नगर मञ्च, जिल्ला मञ्च र केन्द्रिय हरवा चरवा अधिकार मञ्चले संयुक्त रुपमा जुलाई देखी सेप्टेम्बर २०२५ सम्म गरेको गतिबिधीहरुको त्रैमासिक समिक्षा गर्न , हरवा चरवाको पुर्नस्थापनाको लागी अगामी कार्ययोजना निर्माण , अविरल बर्षामा समुहका सदस्यहरुको क्षती र राहत सम्बन्धमा छलफल र अन्तमा विजया दशै, शुभदिपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरेका छन ।
जिल्ला सचिव चन्दा पासमानले समुहका १९ घरधुरीका सदस्यहरुलाई कृषि महासंघको सहयोगमा कृषि मोटर, कृषि औजार, खाधमल गरी कुल १४५०० बरावरको सहयोग ल्याउन पहल गरेको बताएकीछिन । यस अबधीमा सुरुगा न.पा., बलानबिहुल लगायत जिल्लाका १२ वटा स्थानिय तहहरुमा हरवा चरवाको पुर्नस्थापनाको लागी बजेट विनियोजन गर्न, हरवा चरवाको पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण गराउन अभिमुखीकरण तथा ज्ञापन पत्र पेश गरीएको जिल्ला अध्यक्ष देब लाल रामले बताउनु भएको छ । भुमि समस्या समाधान आयोगमा छुटका लागी खुलेको भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यस्थित बसोबासीहरुको निवेदन भर्न सहयोग गरीएको थियो । प्रमुख अतिथि दर्शन मंडलले केन्द्रिय मंचले प्रदेश स्तरमा हरवा चरवाको पुर्नस्थापना र कार्यविधिको लागी गरेको मुख्यमन्त्रि कार्यालयमा डेलीकेशन, पत्रकार सम्मेलन लगायत कार्यक्रमको अनुभव वारे जानकारी गराउनु भयो ।
अगामी कार्ययोजनामा जिल्ला भरी संगठन विस्तार, भुमि आयोग पुर्नस्थापनाका लागी ज्ञापन पत्र पेश तथा जिल्ला प्रशासन कार्यालयमा डेलीकेशन जाने, स्थानिय तहहरुमा हरवा चरवाको लागी विनियोजन गरीएका बजेट कार्यान्वयनका लागी पहल गर्ने , स्थानिय समुह संगठनहरुमा मतदाता परीचय पत्र र निर्वाचन सम्बन्धी छलफल गर्ने , जिल्ला भरी हरवा चरवाको सदस्यता वितरण, हरवा चरवाको पुर्नस्थापना र कार्यविधिको लागी स्थानिय र प्रदेश तहमा डेलीकेशन जाने सम्बन्धमा छलफल गरी सामुहिक रुपमा कार्ययोजना तयार गरीएका छन ।
हरवा चरवा अधिकार मञ्चका जिल्ला अध्यक्ष देब लाल रामको अध्यक्षतामा बसेको उक्त त्रैमासिक समिक्षा बैठकको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दर्शन लाल मंडल रहनु भएको थियो । विश्ष्ठि अतिथिहरुमा नागेन्द्र सदा केन्द्रिय महासचिव, सोमिन्त्रा खंग , मधुसदा केन्द्रिय सदस्य, सोमिन्त्रा राम उपाध्यक्ष जन चेतना दलित संगम, इन्द्र राम कार्यकारी निर्देशक, जिल्ला मंचका पद्धाधिकारी , केन्दिय मंचका पद्धाधिकारी गरी कुल २३ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन प्रेम कुमार विश्वकर्माले गर्नुभएको थियो ।