
शियाराम यादव , लहान। सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारको संयुक्त पहलमा धनगढीमाई नगरपालिका–६, फुलकाहा कट्टी निवासी स्व. सरोज कुमार महतोकी श्रीमतीलाई ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।जिल्ला समन्वय समिती सिरहाका सभापति दिनेश कुमार महतोको हातबाट सो रकम हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन प्रवासी कुशवाहा सेवा समाज कतारका संस्थापक तथा सिरहा सेवा समाज कतारका वरिष्ठ सल्लाहकार शिव कुमार महतोले गरेका थिए।
कार्यक्रममा सिरहा सेवा समाज कतारका प्रेस संयोजक तथा पत्रकार शियाराम यादव, धनगढीमाई नगरपालिका–६ का वडा अध्यक्ष बब्लु महतो, उतिम साहलगायत स्थानीय बासी, समाजसेवी तथा बुद्धिजीवीको उपस्थिति रहेको थियो।
स्व. सरोज कुमार महतोकी श्रीमतीलाई उक्त सहयोग रकमले परिवारको जीवनयापनसँगै सानो व्यवसाय सञ्चालन गर्ने उद्देश्य राखिएको जनाएको छ।त्यसैगरी, सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादव र प्रवासी कुशवाहा सेवा समाज कतारका अध्यक्ष घुरन महतो हाल कतारमा बाट भिडियो कलमार्फत आर्थिक सहयोग कार्यक्रमलाई सम्बोधन गरेका थिए।