२४ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

0 Shares

सुरुङ्गा सम्बाददाता

सुरुङ्गा खबर, सप्तरी। जन चेतना दलित संगमको  २४ औ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम असोज १० गते संस्थाको आफ्नै सभाहलमा शुक्रबार सम्पन्न भएको छ । संस्था द्धारा आ.व.२०८१।०८२ मा सम्पन्न भएका दातृ संस्था द फ्रिडम फण्डको सहयोगमा हरवा चरवा सशक्तिकरण कार्यक्रम, सु.न.पा.को सहयोगमा हरवा चरवाको नेतृत्व विकास तालिम, अग्नीसाईर कृष्ण सवरण गा.पा.को सहयोगमा दलित बालबालिकाहरुको लागी शिक्षा प्याकेज कार्यक्रम लगायत संस्थागत अन्य गतिविधीहरु वारे जानकारी गराउन, संस्थाको प्रगति विवरण तथा आर्थिक कारोवार पारर्शिता गराउन तथा आ.व.२०८२।०८३ को योजना बारे छलफल गर्न र कार्यक्रम प्रभावकारीताको लागी आवश्कय सल्लाह सुझाव लिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको कार्यकारी ईन्द्र रामले जानकारी गराउनु भयो ।

संस्थागत रणनैतिक योजना, संस्थाको सम्पती विवरण, जिन्सी विवरण लगायत संस्थागत विकासका सम्बन्धमा संस्थामा भएका निति नियमावली सम्वन्धमा निर्देशक ईन्द्र रामले जानकारी गराउनु भयो । हरवा चरवा सशतिmकरण कार्यक्रमको प्रगति प्रतिवेदन स्लाईड मार्फत कार्यक्रम सुपरभाईजर प्रेम कुमार विश्वकर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । संस्थाका कोषाध्यक्षको तर्फबाट लेखाअधिकृत मेघा कुमारी चौधरी संस्थाको लेखापरीक्षण प्रतिवेदन २०८१।०८२ बारे जानकारी गराउनु भयो । द फ्रिडम फण्डको सहयोगमा संचालित हरवाचरवा सशतिmकरण कार्यक्रम अन्तर्गत सन् २०८१।०८२ को कुल बजेट ७०,४४,६२२ मा खर्च.५,७५०,५८५ भएको बाँकी १,२९४,०३७ रकम २०२५ मा खर्च गर्न जानकारी गराउनु भयो । एलीभेट ग्रान्ट अन्तर्गत संस्थाको जग्गा खरीद, बाउण्ड्री बाल निर्माण लगायत अन्य कार्यमा १,२३३,४५०, सुरुङ्गा नेतृत्व विकास तालिममा ९६,५५०, अग्नीसाईर कृष्णसवरण दलित बालबालिकाहरुको लागी टयुशन बालअधिकार तालिम र खेलकुद सामाग्री लगायतका कार्यक्रममा ९६,०७० खर्च भएको बाँकी रकम ३,२३२,११९ बैंक मौज्दात रहेको लेखा अधिकृत मेघा कुमारी चौधरीले जानकारी गराउनु भयो । संस्थाको स्रोत केन्दका लागी भवन निर्माण , दलित तथा सिनो बहिष्कार आन्दोलन , भुमि अधिकार , हरवा चरवा अधिकार आन्दोलनका अगुवा तथा मार्ग निर्देशक जन चेतना दलित संगमका संस्थापक अध्यक्ष स्व बलदेब रामको शालीक निर्माण लगायत अन्य कार्यको लागी स्थानिय निकायबाट नाप नक्शा स्वीकृतको क्रममा रहेको कारण बजेट रकम खर्च हुन नसकेको जानकारी गराउनु भयो । हरवा चरवा सशतिmकरण कार्यक्रम अन्तर्गत दलित हरवा चरवा बालबालिकाहरुको छात्रबृति, विधालय भर्ना अभियान, टयुशन कक्षा संचालन १० वटा, स्टेशनरी सहयोग, महिला बचत समुहलाई आयआर्जन तथा सामुहिक खेतीमा सहयोग, कानुनी साक्षरता , हरवा चरवा जनसंगठन क्षमता विकास लगायतका अन्य कृयाकलापहरुमा खर्च भएको बताउनु भयो ।

संस्थाका अध्यक्ष राम लखन मोचीको अध्यक्षता तथा प्रमुख अतिथि पुर्व नगर प्रमुख मुक्तिनाथ चौधरीको प्रमुख अतिथित्वमा कार्यक्रम संचालन भएको थियो । विशिष्ठ अतिथिहरुमा सुरुङ्गा न.पा.वडा नं.४ का वडा अध्यक्ष देबेन्द्र प्रसाद चौधरी, वडा सदस्य मानो देबी सदा, मुक्त हरवा चरवा अधिकार मंचका केन्द्रिय अध्यक्ष दर्शन लाल मंडल, जिल्ला अध्यक्ष देब लाल राम, नेपाल रामसमाजका केन्द्रिय अध्यक्ष प्रथम लाल राम, नगर मंचका अध्यक्ष शोभित राम, प्रहरी चौकी ईन्चार्ज, हरवा चरवा जन संगठनका अगुवा, सेतीदेबी सहकारी संस्थाका अध्यक्ष सुनिता देबी सदा, पुर्व अध्यक्ष तथा संरक्षक सुबधी देबी राम, संस्थाको कार्यसमिति, साधारण सदस्य, कर्मचारी लगायत कुल ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा अतिथिहरुको स्वागत संस्थाका सचिव हरी प्रसाद मोचीले गर्नुभएको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण पत्रकार मणीलाल विश्वकर्माले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

सबै