
जीवन कुमार राम,कडरबोना । सप्तरीको सुरुङ्गा नगरपालिका–६ अन्तर्गत कडरबोना बजारदेखि कोदरकट्टी रौतहट जोड्ने सडक खण्ड कालोपत्रे गर्ने कामको सिलान्यास सम्पन्न भएको छ।
सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीमार्फत विनियोजित करिब ३ करोड रुपैयाँ बजेटमा बन्ने उक्त सडकको सिलान्यास संघीय युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीले आइतबार गर्नु भयो।
सिलान्यास कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी, वडा नं. ६ का अध्यक्ष दिनेश कुमार राम, वडा नं. ५, ७, ८ र ११ का अध्यक्षहरू, वडा ६ र ८ का सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, महिला, किसान, पत्रकार, इलाका प्रहरी कार्यालय कडरबोना र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
स्थानीयवासीले सडक कालोपत्रे भएपछि आवागमनमा सहजता हुने र व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्।