जय नेपाल ट्रेनिङ सेन्टर प्रा.लि.को भव्य उद्घाटन

0 Shares

जीवन कुमार राम, सुरुङ्गा खबर, सप्तरी। रौतहट जिल्लाको चन्द्रपुर–४  पुरानो नागरिकता फाँट नजिक स्थापित जय नेपाल ट्रेनिङ सेन्टर प्रा.लि. को भव्य उद्घाटन सम्पन्न भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी निरीक्षक सोनु कुमार रामको विशेष उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामले युवालाई सीपमूलक तालिम अत्यावश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “देशको समृद्धि युवाको सीप र परिश्रममै निर्भर हुन्छ। यस किसिमको तालिमले युवालाई रोजगारीको अवसर दिनुका साथै आत्मनिर्भर बन्न मद्दत पुर्‍याउँछ।”

यस सेन्टरमार्फत युवाहरुलाई रोजगारीमुखी सीप सिकाउन इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, पेन्टिङ र कारपेन्ट्री तालिम उपलब्ध हुने जनाइएको छ।

सञ्चालक मनोज रामले पनि युवालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम आवश्यक रहेको औंल्याउँदै, “दक्ष जनशक्ति उत्पादन गरेर विदेश पलायनलाई कम गर्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो,” भन्नुभयो।

उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै