0
Shares

बिष्णु राम
सुरुङ्गा खबर, सप्तरी। बिरगंज महानगरपालिका–१९ बिन्दाबासिनी चोकमा प्रहरीले अवैध रूपमा ल्याइएका विभिन्न सामान बरामद गरेको छ। आइतबार बिहान करिब ३:३० बजे गुल्म अलौबाट खटिएको सप्रनाउ कृष्ण पुजाराको नेतृत्वमा रहेको मोबाइल गस्ती टोलीले नियमित चेकजाँचका क्रममा मोसा सहित करिब ५ लाख ८७ हजार २ सय ५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामग्रीमा किराना सामान, गाडीका पार्ट्स र कपडा रहेका छन्। प्रहरीले उक्त सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध सामान ओसारपसार रोक्न नियमित गस्ती र निगरानीलाई अझ कडाइ गरिएको छ