0
Shares

बिष्णु राम , पर्सा
सुरुङ्गा खबर, सप्तरी। बिन्दाबासिनी गाउँपालिका–२, बहुअर्वाभाटा नजिकैको नेपाल–भारत दसगजा क्षेत्रमा आज बिहान सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित कुखुरा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल गुल्म अलौबाट खटिएको टोलीका सप्रनाउ कृष्ण सिंह पुजाराको नेतृत्वमा गरिएको गस्तीका क्रममा ना १४ प २७०२ र ना ३६ प १८७९ नम्बरका दुईवटा मोटरसाइकलमा लादिएको प्रतिबन्धित बोईलर जातको कुखुरा बरामद गरिएको हो। बरामद कुखुराको मूल्य करिब दुई लाख ६३ हजार रुपैयाँ हुने प्रहरीले जनाएको छ।
बरामद गरिएको कुखुरा गुल्म परिसरमै सम्बन्धित निकायको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मोटरसाइकलहरू भने आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ।