
धर्मेन्द्र कुमार कुर्मी , भाद्र ५
सुरुङ्गा खबर, सप्तरी। कपिलवस्तुकाे विजयनगर गाउँ पालिकामा २ दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाकाे आयाेजना र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयोगका आँखा जाँच शिविर भएको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।
नि:शुल्क शिविरमार्फत १ हजार ५५ जनाले सेवा लिएका छन् । बुधबार वडा नम्बर २ मा रहेको जनजागृति मावि लाेहराैलामा सञ्चालित शिविरबाट ४ सय ६७ जनाले सेवा लिएका छन् । जसमा १ सय ८२ जना पुुरुष र २ सय ८५ जना महिलाले सेवा लिएका हुन् । यस शिविरबाट ६० जना माेतिबिन्दुका बिरामीहरु भेटिएका छन् ।
यस्तै बिहिबार वडा नम्बर ७ त्रिनेत्र मावि मधुनगर-साेनवर्षामा दाेस्राे दिन सञ्चालित शिविरबाट ५ सय ८८ जनाले सेवा लिएका छन् । जसमा २ सय ३८ जना पुरुष र २ सय ५० जना महिलाले सेवा लिएका छन् । जसमा ५२ जना माेतिबिन्दुका बिरामी भेटिएका छन् ।
माेतिबिन्दु भएका बिरामीहरुलाई शल्यक्रियाका लागि आँखा अस्पताल बहादुरगञ्ज पठाइने आयाेजकले जनाएको छ । शिविरमार्फत नि:शुल्क चश्मा र औषधी वितरण गर्नुकाे साथै आवश्यक सल्लाह, सुझाव र परामर्श सेवासमेत लाभग्राहीलाई प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिविरले आँखा सम्बन्धी समस्या पहिचान गर्नुकाे साथै समुदायलाई आँखा स्वास्थ्यबारे सचेत गराउने उद्देश्यले वर्षेनी शिविर सञ्चालन गर्दै आएको बताए । सबै क्षेत्रका मानिसहरूको उत्साहपूर्ण सहभागिता रहेको र स्थानीय बासिन्दाको स्वास्थ्यलाई प्राथमिकता दिनको लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।
त्रिनेत्र माध्यमिक विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष विजय कुमार चाैधरीले गाउँघरमै नि:शुल्क सेवा पाउँदा स्थानीयहरु खुसी भएको बताउँदै आँखा जस्तो संवेदनशील अङ्ग जस्तो गम्भीर विषयलाई मध्यनजर गर्दै नि:शुल्क शिविरले अधिकांश विपन्न, गरिब व्यक्तिले सेवा प्राप्त गरेको बताए । यस्ताे निरन्तर आयाेजना गर्दै लैजानु पर्नेमा उनले जाेड दिए ।