रौतहटमा छुरा प्रहारबाट युवकको मृत्यु

0 Shares

जीवन कुमार राम  सुरुङ्गा खबर। रौतहट जिल्लाको गौर नगरपालिका–५ मा १८ वर्षीय युवकको छुरा प्रहारबाट मृत्यु भएको छ। गौरीशंकर यादव क्याम्पस नजिकै मंगलबार साँझ भएको घटनामा ती युवकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरेको आरोपमा गौर नगरपालिका–३ का सनोज रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृत्यु भएका युवकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै