पर्सामा राप्रपाको विस्तारित बैठक सम्पन्न

0 Shares

बिष्णु राम,भदौ ३, पर्सा ।

सुरुङ्गा खबर, सप्तरी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति पर्साको विस्तारित बैठक आज सम्पन्न भएको छ। जिल्ला अध्यक्ष शुमेश्वर्नाथ उपाध्यायको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीयदेखि स्थानीय नेतृत्वको उपस्थिति थियो।

कार्यक्रमका विशेष अतिथि माननीय दीपक बहादुर सिंह, माननीय बिना जैसवाल कुर्मी, मधेश प्रदेश कोषाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, निर्वाचन अध्यक्ष शम्भु गिरी, माननीय बिना जैसवालको स्वकीय सचिव पनालाल पटेल, केन्द्रीय सदस्य नन्दु श्रीवास्तव, अगद ठाकुर, दलित उत्पीडित उत्थान संगठनका जिल्ला अध्यक्ष विष्णु राम, जिल्ला युवा अध्यक्ष नरेन्द्र पटेल, चन्दन मिश्रलगायत सहभागी थिए।

 

बैठकमा प्रमुख अतिथि सिंहले खादा लगाइ बिरगंजका पूर्व मेयर प्रदीप सुवेदीलाई राप्रपामा स्वागत गर्दै पार्टी प्रवेश गराएका छन्।

सम्बन्धित समाचार

सबै