बिष्णु राम, भदौ १ ।
सुरुङ्गा खबर, सप्तरी – पर्सा । शस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लाका विभिन्न स्थानबाट करिब ४८ लाख ९१ हजार २७५ रुपैयाँ बराबरको सामान नियन्त्रण गरी बीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
मिति २०८२ भदौ १ गते सशस्त्र प्रहरी बल नं. १३ गण पर्साबाट खटिएको टोलीले करिब १५ लाख ६९ हजार रुपैयाँ बराबरका कपडा, बटर र सवारी साधनका इन्जिन स्पेयर पार्ट्स बरामद गरेको हो। बरामद गरिएका सामान भन्सार छली गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
सोही दिन प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका–९ घण्टाघर नजिकै भारतीय नम्बर प्लेट (BR 01 FE 7199) को सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ। सो गाडी चेकजाँच गर्न खोज्दा चालक फरार भएको र आवश्यक कागजात नभेटिएकाले बेवारिसे अवस्थामा रहेको उक्त गाडीलाई नियन्त्रणमा लिएर करिब ३० लाख रुपैयाँ मूल्याङ्कन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै, बीरगञ्ज महानगरपालिका–१६ का विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ७० हजार ८८५ रुपैयाँ बराबरका सामान र मदिरा पनि बरामद गरिएको छ।
साथै, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका–१९ वर्वाबाट ८७ हजार ४२० रुपैयाँ बराबरका किराना सामान तथा मोटर पार्ट्स नियन्त्रणमा लिएको छ भने बीओपी सिर्सियाबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका–१ छपकैयाबाट करिब ६३ हजार ९७० रुपैयाँ बराबरका कपडा र किराना सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो।
– सूचना अधिकारी कृष्ण सिंह पुजारा,
सशस्त्र प्रहरी नायव उपरिक्षक