सुरुङ्गा सम्बाददाता,साउन २७
सप्तरीको सुरुङ्गा नगर स्तरिय मुक्त हरवा चरवा अधिकार मंच द्धारा सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गीता चौधरी लाई स्मरण पत्र बुझाएको छ ।

हरवा चरवाको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि पारीत गरीयोस , दलित तथा हरवा चरवा घरपरिवार पुस्तौ देखी बसोवास गरीदै आएको जग्गा भोग चलनको आधारमा नाप नकशा गरी जग्गाधनी पुर्जा वितरण गरीयोस्, गाउँ ब्लकको नाँपजाच भएका वडाहरुमा जग्गाधनी पुर्जा वितरणको लागी पहल गरीयोस, सु.न.पा.वडा नं.३ विसनरीयामा जनता अवास कार्यक्रम अन्तर्गतको रोक्का राखीएका घरको निर्माण कार्य अभिलम्ब फुकुवा गरीयोस, स्थानिय निकायमा गठन भएका सहजीकरण समितिमा हरवा चरवा तथा दलितको अनिवार्य प्रतिनिधीत्व गरीयोस् लगायतका अन्य मागहरु सम्बोधनका लागी डेलीकेशन कार्यक्रमको आयोजना गरीएको जन चेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले जानकारी गराउनु भयो ।

स्मरण पत्रमा शोभित राम नगर संयोजक, देव लाल राम जिल्ला अध्यक्ष, चन्देश्वरी सदा जिल्ला कोषाध्यक्ष, ईन्द्र राम जन चेतना दलित संगमका प्रतिनिधीहरुले हस्ताक्षर गर्नुभएको छ ।‘ नगर प्रमुख गिता चौधरीले सबै मागहरु सकारात्मक रहेकोछ । हरवा चरवाको कार्यविधि सम्बन्धमा वडाअध्यक्षहरु विच छलफल भईरहेकोछ । गाउँ ब्लकको जग्गाधनी पुर्जा सम्बन्धमा गाउँब्लकको कार्यालय जादा २०८१ चैत्र मसान्त भित्र सबैको जग्गाधनी पुर्जा वितरण गरीने आश्वासन दिएपनि हाल सम्म वितरण नगरेको कारण पुनः ताकेदा गर्ने प्रतिवद्धता जनाउनु भयो । भुमी आयोगको जग्गा नापजाच र जग्गाधनी पुर्जा वितरण लगायतका काम अगाडी बढाउन यो बर्ष २०८२।०८३ मा केही बजेट समेत विनियोजन गरेको बताउनु भयो । ‘
नगर संयोजक शोभित रामको अगुवाईमा गएको डेलीकेशन छलफलमा नगर प्रमुख गिता चौधरी, वडा अध्यक्ष दिलाराम चौधरी, जिल्ला अध्यक्ष देब लाल राम, चन्देश्वरी सदा कोषाध्यक्ष, सुनिता सदा अध्यक्ष सेतीदेबी कृषि सहकारी संस्था लि., ईन्द्र राम जन चेतना दलित संगम, देबकी सदा सुरुङ्गा वडा नं.७ , जसो सदा वडा नं.१ , रेशमा देबी सदा वडा नं.४ लगायत अन्य वडाका हरवा चरवा जनसंगठनका अगुवाहरु गरी कुल १७ जनाको सहभागीता रहेको थियो । स्मरण पत्र प्रेम कुमार विश्वकर्मा पढरे सुनाउनु भएको थियो । नगर अध्यक्ष शोभित रामद्धारा नगर प्रमुख गिता चौधरीलाई स्मरण पत्र हस्तान्तरण गरीएको थियो ।