
जीवन कुमार राम,
साउदी । गैर आवासीय मधेशी संघ साउदी अरबका अध्यक्ष कासिन्द्र पासवान जनमत पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ। उहाँको यो मनोनयन मधेश र मधेशी समुदायको हितमा सक्रिय योगदानको कदरस्वरूप गरिएको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।
पासवानले विगत लामो समयदेखि प्रवासमा रहेर मधेशी समुदायका हक–हितको पक्षमा दृढ भूमिका निभाउँदै आउनुभएको छ। उहाँको राजनीतिक यात्रा प्रेरणादायी मात्र नभई प्रभावशाली पनि रहँदै आएको छ।
जनमत पार्टीमा उहाँको प्रवेश र जिम्मेवारीले पार्टीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ। साथै, उहाँले मधेशी समुदायको आवाजलाई राष्ट्रिय मञ्चमा थप प्रभावशाली रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
“राजनीतिक यात्रा मधेश र मधेशीको हकहितमा सधैं प्रभावशाली र प्रेरणादायी बनोस्,” भन्ने शुभेच्छासहित सम्पूर्ण मधेशी समाज र शुभचिन्तकहरूबाट कासिन्द्र पासवानलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।