कतारमा हुने NRNA अधिवेशनका लागि शियाराम यादवको उम्मेदवारी घोषणा

0 Shares

जीवन कुमार राम, कतार।  गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद, कतारको ११औं राष्ट्रिय अधिवेशन २०२५ (१ अगस्त २०२५) का लागि शियाराम यादवले कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। आगामी कार्यकाल (२०२५–२०२७) मा युवा सहभागिता मात्र होइन, प्रभावकारी र समावेशी नेतृत्व स्थापना गर्ने लक्ष्यका साथ उहाँले उम्मेदवारी दिनुभएको हो।

 

शियाराम यादव रेडियो सरगम ९३ मेघाहर्जका कतार प्रतिनिधि तथा नेपाली समाज कतारका पूर्व प्रेस संयोजक हुनुहुन्छ। उहाँ विगत लामो समयदेखि प्रवासी नेपाली समाजमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। आफ्ना अनुभव, लगनशीलता र सेवाभावका आधारमा उहाँले NRNA NCC-QATAR लाई अझ सशक्त, समावेशी र प्रभावशाली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

 

उहाँको उम्मेदवारीप्रति प्रवासी नेपाली समुदायका सदस्यहरूले बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै