अन्तरजातीय विवाह गरेकी कलाकार श्रीमती अँसा सदा आफ्नै घरमा मृत फेला

0 Shares

सुरुङ्गा खबर धनुषा। कलाकार अभिनास झा (कलकतियाबाली) की श्रीमती अँसा सदा सोमबार राति धनुषा जिल्लाको नोचापुरस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

 

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका झा र सदाले हालै मात्र पूजाआजा गर्दै गृह प्रवेश गरेका थिए। विवाहपछिको जीवन सामाजिक सञ्जालमा खुसीपूर्वक बिताइरहेका दम्पती अचानक यस्तो घटनामा संलग्न भएपछि क्षेत्रमै शोकको छायाँ परेको छ।

 

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वरुण बहादुर सिंहका अनुसार सोमबार रातिको यो घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको हो। अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा छ र मुचुल्का उठाउने प्रक्रिया अगाडि बढाइएको छ।

 

मृतक अँसा सदाको माइती पक्ष हालसम्म घटनास्थलमा नआएकाले पोष्टमार्टमलगायत कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन। प्रवक्ता सिंहका अनुसार माइती पक्ष आएपछि मात्रै शवको परीक्षण प्रक्रिया अगाडि बढाइनेछ।

 

जनकपुरधाम उपमहानगरपालिका–१२ र २० को बीचमा पर्ने नोचापुरस्थित सुटिङ स्थलमा ठूलो संख्यामा स्थानीयको भीड लागेको छ। अभिनास झा अहिले स्पष्ट रूपमा बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ।

 

हालसम्मको प्रारम्भिक जानकारीअनुसार अँसा सदाले आत्महत्या गरेकी हुनसक्ने अनुमान गरिए पनि प्रहरीले पोष्टमार्टमको प्रतिवेदन नआएसम्म कारण पुष्टि गर्न नसकिने जनाएको छ। घटनाबारे थप अनुसन्धान तीव्र

पारिएको छ।

सम्बन्धित समाचार

सबै