शियाराम यादव, लहान
सुरुङ्गा खबर, सप्तरी। लहान नगरपालिका–१६ स्थित राजाजी डाँडामा निर्माण सम्पन्न भएको राजाजी बाबाको मन्दिर तथा आसपासका सौन्दर्यकरण कार्यको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेश चौधरीले विधिवत् रूपमा उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा वडा नं १६ का अध्यक्ष गडुल बहादुर जर्घामगर, नेपाली कांग्रेस लहान नगर सभापति संजय यादव, नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता सन्तोष सुवेदी, नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादव, बुथ सभापति राधेश्याम चौधरी, नेविसंघ जिल्ला सभापति पप्पु यादव, उपभोक्ता समिति अध्यक्ष तिर्थराज भण्डारी, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा वक्ताहरूले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले मन्दिरको महत्व उल्लेख गर्दै संरक्षण र प्रवर्द्धनमा सबैको सहयोग अपरिहार्य रहेको बताए।स्थानीय उपभोक्ता समितिको पहल, वडा कार्यालय तथा नगरपालिकाको सहयोगमा सम्पन्न यस कार्यले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।