विद्यालय जान निस्केका सप्तरीका १७ वर्षीय मोहम्मद फैसल बाटोमै बेपत्ता, परिवार द्वारा सहयोगको अपील

0 Shares

जीवन कुमार राम, सुरुङ्गा खबर।सप्तरी जिल्लाको बोदे बरसाईन नगरपालिका–३, सारस्वर निवासी मुमताज आलमका १७ वर्षीय छोरा मोहम्मद फैसल गत बैशाख १७ गतेदेखि बेपत्ता भएका छन्।

इस्लामिया सलफिया मदरसा, जनकपुरधाममा कक्षा १० मा अध्ययनरत फैसल सोही दिन बिहान विद्यालय जान आमासँगै बिसनपुर चोकसम्म गएका थिए। आमासँग छुटिएपछि उनले जनकपुरधाम जानका लागि बस चढेका थिए, तर विद्यालय नपुगी बाटोबाटै सम्पर्कविहीन बनेका हुन्।

फैसल घरबाट निस्किएको लामो समय बितिसक्दासमेत अहिलेसम्म उनीबारे कुनै जानकारी नआएको र मोबाइल फोनसमेत अफ रहेको परिवारले जनाएको छ।

 

“बिहान १० बजेतिर बिसनपुर चोकमा पुर्‍याएर फर्किएका थियौं, त्यसपछि उनी विद्यालय पुगेनन् र सम्पर्कमा पनि आएनन्,” फैसलकी आमाले भनिन्।

 

घटनाबारे इलाका प्रहरी कार्यालय बोदे बरसाईनमा जानकारी गराइएको छ र खोजी कार्य जारी रहेको बताइएको छ।

 

परिवारले यदि कसैले मोहम्मद फैसललाई देखेका वा बारेमा कुनै जानकारी पाएका छन् भने नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरहरूमा खबर गरिदिन आग्रह गरेका छन्।

 

सम्पर्क विवरण:

इलाका प्रहरी कार्यालय, बोदे बर्साईन – ९८५२८९०५२३

सुरुङ्गा खबर ‌(WhatsApp) ९७०७८७८००६

मो. सदाम राईन – ९८०५९७६४२६

मुमताज आलम (WhatsApp) +९७४६६९५९७२७

परिवार तथा स्थानीयवासीहरूले फैसलको सकुशल फिर्तीको कामना गर्दै सर्वसाधारणसँग सहयोगको अनुरोध गरेका छन्

सम्बन्धित समाचार

सबै