वीरगंज महानगरपालिका वडा नं १५ भिस्वामा पोलमा आगलागी

0 Shares

बिष्णु राम , सुरुङ्गा खबर बैशाख २७ । पर्सा को बिरगंज महानगरपालिका वडा नं १५ स्थित भिस्वामा नेशनल मेडिकल कलेजतर्फ जाने बाटोमा रहेको बिजुलीको पोलमा राती आकस्मिक आगलागी भएको छ।

स्थानिय बासिन्दाका अनुसार रातीको समयमा पोलबाट एक्कासी धुवाँ निस्किन थालेपछि आगलागी भएको थाहा भएको हो। घटनाको जानकारी पाएलगत्तै नेपाल विद्युत प्राधिकरण र स्थानिय वडाका प्रतिनिधिहरू घटनास्थलमा पुगेका छन्।

विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिए पनि यसको यकिन कारण खुल्न बाँकी रहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ। घटनाबाट आसपासको क्षेत्र केही समयका लागि अन्धकारमा परेको छ भने विद्युत आपूर्ति अस्थायी रूपमा रोकिएको छ।

अहिलेसम्म कुनै मानवीय क्षति नदेखिए पनि पोलमा जडित उपकरणहरू जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। पूर्ण विवरण आउन बाँकी छ।

स्थानीयवासीले यस्ता पोलहरूमा समयमै मर्मतसम्भार गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै