मानसिक तनावका कारण शिक्षकद्वारा शिक्षा शाखामा लिखित निवेदन पेश

0 Shares

सुरुङ्गा खबर, सप्तरी बैशाख २७ । शम्भुनाथ नगरपालिकाअन्तर्गत मदन आधारभूत विद्यालय, मोहनपुर, हरकट्टीमा तृतीय श्रेणीका स्थायी शिक्षकको रूपमा कार्यरत श्री पारसमणी रुचालले विद्यालयका प्रधानाध्यापकबाट निरन्तर मानसिक तनाव दिइएको गम्भीर आरोप लगाउँदै शिक्षा शाखामा लिखित निवेदन पेश गरेका छन्।

 

शिक्षक रुचालद्वारा पेश गरिएको निवेदन अनुसार, विगत दुई वर्षदेखि विभिन्न बहानामा बारम्बार मानसिक दबाब दिइँदै आएको र पछिल्लो पटक २०८२ साल वैशाख २६ गते शुक्रबारको दिन उक्त तनाव चरम बिन्दुमा पुगेको उल्लेख गरिएको छ।

 

उक्त मानसिक दवाबले विद्यालयको अध्यापन कार्यमा बाधा पुर्‍याएको, कार्य सम्पादनमा कठिनाइ भएको र पठनपाठनको गुणस्तरमा समेत प्रतिकूल प्रभाव परेको स्पष्ट पारिएको छ।

 

उक्त परिस्थितिबाट उत्पन्न समस्या समाधानका लागि शिक्षक रुचालले शिक्षा शाखासमक्ष आवश्यक छानबिन गरी उचित व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।

 

शिक्षा शाखाले यस विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

 

 

सम्बन्धित समाचार

सबै