नवराज विक हत्याकाण्डको पाँचौं वार्षिकोत्सवमा विरोध प्रदर्शन: जेठ १० गतेलाई ‘कालो दिन’ घोषणा

0 Shares

जीवन कुमार राम। सुरुङ्गा खबर, सप्तरी। नवराज विक लगायत ६ जनाको जघन्य हत्या भएको पाँच वर्ष पूरा भएको अवसरमा दलित अधिकारकर्मी र सामाजिक अभियन्ताहरूले जेठ १० गतेलाई ‘कालो दिन’को रूपमा मनाउँदै विरोध प्रदर्शनको घोषणा गरेका छन्।

‘म पनि नवराज… म पनि नव-सेना’ भन्ने नारासहित राजधानीको माइतीघर मण्डलामा विशाल जनप्रदर्शनको आयोजना गरिएको छ। कार्यक्रम ‘दलितका लागि दलित अभियान, नेपाल’ले आयोजना गरेको हो भने संयोजक खगेन्द्र सुनार रहेका छन्।

प्रदर्शनकर्ताहरूले जातीय विभेद होइन भन्ने फैसला गर्ने न्यायाधीशमाथि कारबाहीको माग गरेका छन्। ‘दलितलाई खै?’ भन्ने प्लेकार्ड र नारा समावेश गरिएको पोस्टरमा प्रदर्शनको समय मध्याह्न १२ बजे तोकिएको छ।

संयुक्त राष्ट्रसंघ लगायतका मानव अधिकारवादी संस्थाहरूले समेत चासो व्यक्त गरिसकेको नवराज विक काण्डमा न्याय नपाएको भन्दै विरोध चुलिएको हो।

सम्बन्धित समाचार

सबै