दिपेन्द्र पासवान कुशहा। सुरुङ्गा खबर, ।सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–५ कुशाहा नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान १ बजे तिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६७ प ९५७६ नम्बरको मोटरसाइकलले सडकको छेउमा रोकी राखिएको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४० वर्षका पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल लहान, सिराहा लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हालसम्म मृतकको नाम, थर तथा ठेगाना खुल्न नसकेको हुँदा सुरक्षाकर्मीहरूले उनको पहिचान खुलाउन सर्वसाधारणको सहयोग आग्रह गरेका छन्।
यदि कसैलाई मृतकको पहिचानबारे जानकारी भएमा नजिकैको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय कडरबोनामा (मोबाइल नं. ९८५२८९०५०७) सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।