सुरुङ्गा खबर, सप्तरी। बैशाख ११
सिरहाको गोलबजार-४ स्थित रहेको माँ धमनी डेरि उधोगमा हिजो साझ प्रहरिले छापा मारेको छ ।भारतबाट तस्करी गरि ल्याएर गोदाममा सामानहरू भण्डारण गरिएर राखिएको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय सिरहा र भन्सार कार्यालय मांडरबाट खटिएको संयुक्त टोलिले छापा मारेको हो ।
जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी निरिक्षक धर्मेश कुमार यादबको कमान्डमा खटिएको सशत्र प्रहरी-मांडर,सशत्र प्रहरी गोलबजार,नेपाल प्रहरी गोलबजार र भन्सारका कर्मचारीहरुको संयुक्त टोलिले गोदाममा छापा मारेका थिए । प्रहरी निरिक्षक यादबका अनुसार गोदामभित्र भारतबाट अवैध रूपमा ल्याइएका पाउडर दूध, चिनी,मैदा लगायतका खाद्यन वस्तुहरू भण्डारण गरिएको अवस्थामा फेला परेको छ।
छापा मार्ने क्रममा स्थानिय ब्यापारी र प्रहरीबीच भनाभन भएपछी अवस्था उद्विग्न बनेको थियो। त्यसपछी प्रहरी र भन्सारका कर्मचारीको टोलीले गोदाम सिल गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय,सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानले बताए।बरामद गरिएका सामानको यकिन विवरण र मूल्यांकन भने शुक्रबार मात्र सार्वजनिक गरिने डिएसपि पासवानले जनाए।
शुक्रबार आन्तरिक राजस्व कार्यालय, लहानको टोलीले समेत स्थलगत अनुगमन गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जान्कारी दिए।