मोटरसाइकल र साइकल ठोक्किँदा ६५ वर्षीय मिश्रीलाल राम गम्भीर घाइते

0 Shares

जीवन कुमार राम,कडरबोना ३ मंसिर ।

सप्तरीको सुरुङ्गा नगरपालिका–६ कडरबोनामा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा ६५ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन्।

दुर्घटनामा स्थानीय ६५ वर्षीय मिश्रीलाल राम घाइते भएका हुन्। पूर्वबाट पश्चिमतर्फ गइरहेको साइकल र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ।

पुरोहितको काम गर्दै आएका रामलाई दुर्घटनालगत्तै उपचारका लागि लहानस्थित सप्तऋषि नर्सिङ होम लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको पीडित परिवारका स्रोतले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार व्यक्ति इलाका प्रहरी कार्यालय कडरबोनाअन्तर्गत प्रहरी चौकी देउरीमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार जगन्नाथ माली हुन्। दुर्घटनामा मालीसमेत घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र लहानस्थित सप्तऋषि नर्सिङ होममै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते रामको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार

सबै