0
Shares

लालु चोधरी, कपिलवस्तु
सुरुङ्गा खबर, सप्तरी । कपिलवस्तुमा बुधबार बिहान भएको बस दुर्घटनामा तीन जना घाइते भएका छन्।
शिवराज नगरपालिका–१ उमरीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना घाइते भएको वार्ड प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि एकजनालाई सकुशल उद्धार गरिएको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
बस किन अनियन्त्रित भयो भन्ने कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।