कम्मरु भचौला’बाट भुवन के. पोखरेललाई ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल’को अवार्ड

0 Shares

जीवन कुमार राम, भाद्र २७

काठमाडौं। कलाकार तथा मोडल भुवन के. पोखरेलले ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल’को अवार्ड हात पारेका छन्।

राजधानी काठमाडौंमा सम्पन्न पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ मा पोखरेलले नेपाली मौलिक तीज गीत ‘कम्मरु भचौला’ बाट उक्त अवार्ड प्राप्त गर्न सफल भएका हुन्।

सप्तरीको सुरुङ्गा निवासी पोखरेल लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका चर्चित कलाकार हुन्। उनले हालसम्म दर्जनौँ म्युजिक भिडियो तथा विभिन्न टेलिसिरियलमा अभिनय गरिसकेका छन्।

पोखरेल पछिल्लो समय चर्चित नेपाली टेलिसिरियल ‘सहरिया बुहारी’ मा समेत अभिनय गर्दै आएका छन्। मौलिक नेपाली कला, संस्कृति र संगीतलाई प्राथमिकता दिँदै सिर्जनात्मक क्षेत्रमा निरन्तर सक्रिय पोखरेलले यसअघि पनि विभिन्न म्युजिक भिडियो तथा टेलिसिरियलमार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै आएका छन्।

‘कम्मरु भचौला’बाट प्राप्त अवार्डले आफ्नो कलाकारिता यात्रामा थप उत्साह र ऊर्जा प्रदान गरेको पोखरेलले बताएका छन्। उनले आगामी दिनमा पनि नेपाली मौलिक कला, संस्कृति र संगीतको प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पोखरेलले प्राप्त गरेको यस सम्मानलाई सप्तरी तथा सुरुङ्गाका कलाकारप्रेमीहरूले समेत स्थानीय प्रतिभाको राष्ट्रिय स्तरमा पहिचानका रूपमा लिएका छन्।

सम्बन्धित समाचार

सबै