सम्पर्कविहीन राम प्रताप मण्डल सकुशल नेपाल फिर्ता

0 Shares

सुरुङ्गा सम्बाददाता, दमाम साउदी अरब

सुरुङ्गा खबर।वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा सम्पर्कविहीन भएका महोत्तरीको भंगहा नगरपालिका–९, हरियारपुर निवासी राम प्रताप मण्डल सकुशल नेपाल फर्किएका छन्।

मण्डललाई हेल्प मधेशी साउदी अरबको पहल तथा नेपाली राजदूतावास, रियादको विशेष सहयोगमा उद्धार गरी नेपाल पठाइएको हो। उहाँलाई १७ अगस्ट २०२६ मा Air Arabia को उडानमार्फत राति १० बजे नेपाल पठाइएको जानकारी हेल्प मधेशी साउदी अरबले जनाएको छ।

सम्पर्कविहीन अवस्थामा रहेका मण्डलको खोजी, आवश्यक समन्वय तथा स्वदेश फिर्ताका लागि नेपाली राजदूतावास रियादले विशेष सहयोग गरेको जनाइएको छ।

मानवीय सेवाअन्तर्गत सम्पर्कविहीन नेपाली श्रमिकको खोजी, उद्धार तथा आवश्यक सहयोगमा निरन्तर पहल गर्दै आएको हेल्प मधेशी साउदी अरबले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ।

मण्डललाई सकुशल स्वदेश फर्काउन निरन्तर समन्वय तथा विशेष सहयोग गर्नुहुने नेपाली राजदूतावास रियाद परिवारप्रति हेल्प मधेशी साउदी अरबले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै