रियाद विमानस्थलबाट नेपाली युवक सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

0 Shares

जीवन कुमार राम, रियाद साउदी अरब

महोत्तरी जिल्लाको भंगहा नगरपालिका–९, अजगैबा निवासी उदय कुमार ठाकुर विगत ११ जुन २०२६ देखि साउदी अरबको रियाद विमानस्थलबाट सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ।

करिब २९–३० वर्षका उदय वार्षिक बिदा सकेर पुनः आफ्नो कर्मभूमि साउदी अरब फर्किएका थिए। तर रियाद विमानस्थल पुगेपछि उहाँसँग परिवार, आफन्त तथा साथीभाइको सम्पर्क अचानक विच्छेद भएको छ। त्यसयता उहाँको कुनै अत्तोपत्तो नलाग्दा परिवारका सदस्यहरू दिनरात चिन्तित बनेका छन्।

उदयका बुबाआमा, दाजुभाइ तथा आफन्तहरू उहाँको सुरक्षित अवस्थाबारे जानकारी पाउने आशामा प्रत्येक फोनको घण्टी कुरेर बसेका छन्। परिवारले छिट्टै सम्पर्कमा आउन र सकुशल रहेको खबर दिन भावुक आग्रह गरेको छ।

उदय कुमार ठाकुरको पासपोर्ट नम्बर PA1278148 र इकामा नम्बर 2571280011 रहेको छ।

उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा मानवताको नाताले तत्काल तलको सम्पर्क नम्बरमा जानकारी गराइदिन परिवारजनले हार्दिक अनुरोध गरेका छन्।

📞 सम्पर्क नम्बर : 0567293493

सम्पर्क व्यक्ति : जीवन कुमार राम

परिवारको पीडा बुझ्दै यो सूचना बढीभन्दा बढी शेयर गरिदिनुहोस्। तपाईंको एक शेयर वा सानो जानकारीले एक परिवारलाई पुनः आफ्नो प्रिय सदस्यसँग भेटाउने आधार बन्न सक्छ।

सम्बन्धित समाचार

सबै