क्यान्सरसँग संघर्षरत कमला दाहाल भण्डारीका लागि आर्थिक सहयोगको अपिल

0 Shares

जीवन कुमार राम, कडरबोना

जीवनका केही क्षण यस्ता हुन्छन्, जहाँ पीडालाई शब्दमा व्यक्त गर्न अत्यन्त कठिन हुन्छ। परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा बोकेकी एउटी आमाले आर्थिक अभाव, सामाजिक चुनौती र भविष्यको चिन्तासँग जुध्दै अगाडि बढ्नुपर्दा परिस्थिति झन् संवेदनशील बन्न पुग्छ।

यस्तै कठिन परिस्थितिबाट गुज्रिरहनुभएको छ सप्तरी जिल्ला, सुरुङ्गा नगरपालिका–२ भेडिया निवासी श्रीमती कमला दाहाल भण्डारी। उहाँ हाल वीर अस्पताल मा क्यान्सरजस्तो गम्भीर रोगको उपचाररत हुनुहुन्छ। आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले आवश्यक उपचारलाई निरन्तरता दिन ठूलो समस्या भइरहेको जानकारी पश्चात सप्तरी सुरुङ्गाका चर्चित कलाकार तथा मोडल भुवन के पोखरेलले अस्पतालमा भेटपश्चात सुरुङ्गा खबरलाइ जानकारी दिनुभएको हो।
वीर अस्पतालको बेड नम्बर २६७ मा उपचाररत रहँदा उहाँलाई आफ्नो स्वास्थ्यभन्दा पनि आफ्ना दुई नाबालक सन्तानको भविष्यको चिन्ताले बढी सताइरहेको छ। “यदि मलाई केही भइहालेमा मेरा सन्तानको भविष्य के होला?” भन्ने पीडादायी प्रश्नले उहाँका दिन–रात बितिरहेका छन्। एक आमाको यस्तो वेदना वास्तवमै अत्यन्त मार्मिक र हृदयविदारक छ।


यस कठिन घडीमा उहाँलाई हाम्रो साथ, सहयोग र सद्भावको आवश्यकता परेको छ। हामी सबैले आफ्नो क्षमता अनुसार गरेको सानो आर्थिक तथा नैतिक सहयोगले पनि उहाँको उपचारमा ठूलो राहत पुग्न सक्छ र दुई निर्दोष बालबालिकाको भविष्य सुरक्षित बनाउन महत्वपूर्ण योगदान दिन सक्छ।

सम्बन्धित समाचार

सबै