जन्मदिनको अवसरमा रिता परियारद्वारा विपन्न तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण

0 Shares

सुरुङ्गा सम्बाददाता २८ जेठ

धनुषा, सबैला । समाजसेवी रिता परियारले आफ्नो जन्मदिनको अवसर पारेर धनुषा जिल्लाको सबैला नगरपालिका–१२, रघुनाथपुर बरकुरवा स्थित दलित समुदायमा बसोबास गर्ने अति विपन्न तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान गरेकी छन्।

आइतबार आयोजित सहयोग कार्यक्रममा करिब एक महिनासम्म अध्ययनका लागि आवश्यक पर्ने कापी, कलम तथा अन्य शैक्षिक सामग्री वितरण गरिएको थियो। उक्त सहयोग रिता परियारको व्यक्तिगत पहल तथा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको बताइएको छ।

कार्यक्रममा सामाजिक अभियन्ता अमरुल्लाह राईनको विशेष उपस्थिति रहेको थियो। उनले शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता मानवीय तथा प्रेरणादायी कार्यले बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक ऊर्जा थप्ने बताए।

शैक्षिक सामग्री प्राप्त गरेपछि बालबालिका तथा अभिभावकहरू खुसी व्यक्त गरेका थिए। स्थानीयवासीले यस्तो सहयोगले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका बालबालिकालाई ठूलो राहत पुगेको भन्दै समाजसेवी रिता परियारप्रति आभार व्यक्त गरेका छन्।

समाजमा रहेका गरिब, दुःखी तथा असहाय बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न यस्ता सहयोगमूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोड्ने कार्यले अन्य व्यक्तिहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै