0
Shares
सुरुङ्गा सम्बाददाता, फतेपुर
सप्तरी । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका फत्तेपुर निवासी बिरेन्द्र राम (४० वर्ष) केही समयदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनको मानसिक अवस्था सामान्य नरहेको र घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा नआएको जनाएको छ।

परिवार तथा आफन्तजनले उनको खोजी कार्य जारी राखेका भए पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। बिरेन्द्र रामलाई कतै देख्नुभएमा वा उनको सम्बन्धमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
सम्पर्क नम्बर : ९८१६७२३०८३
हराएका व्यक्तिको सकुशल खोजी तथा घर फर्किने कार्यमा सहयोग पुर्याइदिन परिवारले सम्पूर्ण सर्वसाधारण, सञ्चारमाध्यम तथा सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ।