श्री सृजनशील सामुदायिक सिकाइ केन्द्रको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

0 Shares

सुरुङ्गा सम्बाददाता, मंसिर २६

कडरबोना , सुरुङ्गा- ६ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा श्री सृजनशील सामुदायिक सिकाइ केन्द्रको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

 

कार्यक्रम केन्द्रका अध्यक्ष श्री योगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि सुरुङ्गा–६ का वडा अध्यक्ष श्री दिनेश कुमार राम रहनु भएको थियो।

 

विशिष्ट अतिथिका रूपमा श्रीपुराज सामुदायिक विकास केन्द्रका अध्यक्ष श्री चतुरनारायण चौधरीको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिका रूपमा जनता राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक तथा पदेन सदस्य श्री राजकुमार साह सहभागी हुनु भएको थियो।

 

कार्यक्रमको सञ्चालन कल्याणी चौधरीले गर्नु भएको थियो। सभामा केन्द्रको प्रगति प्रतिवेदन, आर्थिक अवस्था तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो।

 

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला प्रतिनिधि तथा समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले केन्द्रले समुदायको शैक्षिक र सामाजिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

सम्बन्धित समाचार

सबै