मधेश प्रदेशमा कात्तिक ११ गते सार्वजनिक बिदा घोषणा

0 Shares

सुरुङ्गा खबर, सप्तरी। मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा कात्तिक ११ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ कि २०८१ साल चैत २२ गते जारी प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी व्यवस्थाअनुसार यो निर्णय गरिएको हो। छठ पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई ध्यानमा राख्दै प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले स्पष्ट गरेको छ।

 

यसअघि प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार २०८२ सालका पर्व तथा चाडबाडसम्बन्धी सूचीमा समावेश कात्तिक ११ गतेको बिदालाई औपचारिकता दिँदै मन्त्रालयले पुनः सूचना जारी गरेको हो।

सम्बन्धित समाचार

सबै