0
Shares
बिष्णु राम,पर्सा। बिन्दाबासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाटा सीमा इलाकाबाट सुरक्षा गस्तीमा खटिएको टोलीले करिब २ लाख ४ हजार ९ सय रुपैयाँ बराबरको प्रतिबन्धित बोईलर कुखुरा बरामद गरेको छ।

सप्रनानी राजेश बस्नेतको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त कुखुरा अलौबाट ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
बरामद गरिएको कुखुरा गुल्मको परिसरमा सम्बन्धित निकायहरूको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त कुखुरा ओसारपसारमा प्रयोग भएको मोटरसाइकल (मो.सा.) भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा लागू प्रतिबन्धको अवज्ञा गर्दै पशुपन्छीको तस्करी बढेको भन्दै सुरक्षा निकायहरूले निगरानी कडा पारेका छन्।