कडरबोना – रौटहट सडक निर्माणको तयारी, प्रभावित क्षेत्रका संरचना हटाउन आग्रह

0 Shares

जीवन कुमार राम साउन ३१ कडरबोना । सप्तरीको सुरुङ्गा नगरपालिकाले वडा नं. ६ अन्तर्गतको कडरबोना – रौहतट सडक निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ। नगरपालिकाले सडकको दायाँ–बायाँ पर्ने बिचबाट ७.५ मिटर चौडाइ (Right of Way) भित्रका घर, टहरा, पसल, पर्खाल तथा अन्य संरचना हटाउन साथै ३० मिटर भित्र कुनै पनि नयाँ संरचना न बनाउन स्थानीयवासीलाई आग्रह गरेको छ।

वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “निर्माण कार्य सहज र अवरोधविना सम्पन्न गर्न सबै प्रभावित क्षेत्रका घरधनी र व्यवसायीहरूले संरचना हटाइ दिनुहुन अनुरोध गरिन्छ।”

 

वडा अध्यक्ष दिनेश कुमार रामका अनुसार यो सडक परियोजना केवल सडक निर्माण मात्र होइन, नगरको आर्थिक विकासको आधार पनि हो। यसका लागि सबैको सहकार्य अपरिहार्य छ,” उनले भने।

सडक निर्माण सम्पन्न भएपछि भारतको नाका सम्म आवतजावत सहज हुने, बजारको पहुँच बढ्ने र आर्थिक गतिविधिमा गति आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै