सप्तरीमा ३८८ किलो लागुऔषध गाँजा बरामद, १ महिला नियन्त्रणमा

0 Shares

शियाराम यादव ,साउन -४

सुरुङ्गा खबर। सप्तरीको रामपुरमा ठूलो परिणाममा लागुऔषध गाँजा बरामद भएको छ। सप्तरी जिल्ला प्रहरी कार्यालयको टोलीले ३८८ किलो गाँजा बरामद गर्दै एक महिलालाई नियन्त्रणमा लिएको छ।प्रेस विज्ञप्ति अनुसार, गाउँपालिका–७ नयाँ टोल बस्ने ५४ वर्षीया रामबचन मण्डलको घरमा गाँजा लुकाइएको सूचना पाएपछि सशस्त्र प्रहरी बल र जिल्ला प्रहरीको संयुक्त टोलीले छापा मारेको हो।अनुसन्धानका क्रममा शौचालय, गोठ र कोठा लगायतका विभिन्न स्थानमा ३८८ किलो ७३० ग्राम गाँजा लुकाइराखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो घटनासँग सम्बन्धित सावित्री देवी यादव नामकी महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।सप्तरी प्रहरीले यसलाई ठुलो उपलब्धि मानेको छ र यसप्रकारको अवैध कारोबारविरुद्ध कडा निगरानी बढाउने जनाएको छ।

सम्बन्धित समाचार

सबै