कपिलवस्तुको कृष्णनगरबाट चप्पलमा लुकाएको ब्राउन सुगर प्रहरीद्बारा बरामद 

0 Shares

धर्मेन्द्र कुमार कुर्मी

सुरुङ्गा खबर, सप्तरी। कपिलवस्तु, असार २५ – भारतबाट लागुऔषध ब्राउन सुगर नेपाल भित्र्याउने प्रयासमा एक युवकलाई प्रहरीले कृष्णनगर नाकाबाट पक्राउ गरेको छ। पक्राउ परेका युवक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, बनकसबास निवासी २२ वर्षीय सुमन चुदारो रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रहरीका अनुसार, असार २४ गते साँझ करिब ४:०० बजे कृष्णनगर नगरपालिका–२ स्थित यात्रु गेटमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका चुदारोलाई शंका लागि चेकजाँच गर्दा, उनले लगाएको बायाँ खुट्टाको चप्पल भित्र लुकाइछिपाई राखिएको करिब ११० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो।

 

लागुऔषध ओसारपसारको शंकास्पद वस्तु बरामद भएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्मानित जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता गैरकानुनी गतिविधिमाथि निगरानी बढाउँदै नियन्त्रण र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ।

सम्बन्धित समाचार

सबै