
सुरुङ्गा खबर। सिरहा जिल्लाको सिरहा नगरपालिका–१८ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार बेलुका पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकल (प्रदेश २–०१–००३ प. ३२३०) र पश्चिमबाट पूर्वतर्फ आइरहेको साइकल ठोक्किँदा यो दुःखद दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २२ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २४ वर्षीय नरेश मुखिया र सिरहा नगरपालिका–२ का ५५ वर्षीय कुसे राय रहेका छन्।
तीनै जनाको घटनास्थलमै गम्भीर घाइते भई अवस्था गम्भीर भएपछि उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकहरूको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।