0
Shares

सुरुङ्गा खबर,धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाङ्क्रे गाउँपालिका–१, एक्लेफाँटमा शुक्रबार बिहान सवारी साधनहरू एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा तीनवटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। यद्यपि, मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको एक विद्युतीय माइक्रोबसले ओभरटेक गर्ने प्रयासका क्रममा उक्त दुर्घटना भएको हो। ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदै माइक्रोबसले अन्य दुई सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ।
प्रहरीका अनुसार घटनास्थलमा सवारीसाधनको सामान्य क्षति भए पनि गम्भीर दुर्घटना हुनबाट जोगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।