
जीवन कुमार राम जेठ १९ ।
साउदी गैर आवासीय मधेशी संघ (NRMA) साउदी अरबको पाँचौं महाधिवेशन यही आउँदो शनिबार, ७ जुन २०२५ मा अल खोबरमा भव्य रुपमा गर्न गइरहेको छ।
संघद्वारा जारी गरिएको विज्ञप्तिमा साउदी अरबमा बसोबास गर्ने सम्पूर्ण NRMA प्रेमीहरू, बुद्धिजीवी वर्ग, समाजसेवी तथा शुभचिन्तकहरूलाई यस ऐतिहासिक अवसरमा सहभागी भई कार्यक्रमलाई सफल पार्न हार्दिक निमन्त्रणा गरिएको छ।
महाधिवेशन बिहान ११:०० बजेदेखि सुरु हुने कार्यक्रम रहेको छ, जसमा संगठनात्मक समीक्षा, भावी कार्ययोजना तथा NRMA साउदी अरबको आगामी नेतृत्व चयन जस्ता महत्वपूर्ण विषयहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजना गैर आवासीय मधेशी संघ (NRMA) साउदी अरबले गर्दैछ।
स्थान: अल खोबर
मिति: शनिबार, २०२५ जुन ७
समय: बिहान ११:०० बजे
संघले सबै सहभागीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन पुनः आग्रह गरेको छ।