राप्रपा पर्साद्वारा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न, २५० भन्दा बढीले पार्टीमा प्रवेश

0 Shares

बिष्णु राम , सुरुङ्गा खबर, सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकाका विभिन्न वडाबाट २५० भन्दा बढी व्यक्तिहरूले विभिन्न पार्टी परित्याग गर्दै राप्रपा प्रवेश गरेका छन्।

 

कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो भने पार्टीका मधेश प्रदेश अध्यक्ष भरत गिरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय नन्दु श्रीवास्तव र अङद ठाकुर विशेष अतिथि थिए। साथै, पर्सा जिल्ला महिला अध्यक्ष रमिता माया गुप्ता र संगठन विभाग प्रमुख चन्दन मिश्रको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै पार्टी नेताहरूले पार्टीको उद्देश्य, नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै समर्पण भावका साथ काम गर्न आग्रह गरेका थिए। कार्यक्रमको संचालन पार्टीका जिल्ला सचिव पानालाल पटेलले गरेका थिए।

 

राप्रपाले यो पार्टी प्रवेश कार्यक्रमलाई संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला भनेको जनाएको छ। नवप्रवेशी सदस्यहरूलाई पार्टी परिवारमा स्वागत गर्दै बधाई तथा शुभकामना पनि व्यक्त गरिएको थियो।

 

 

सम्बन्धित समाचार

सबै